२७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक उद्देश्य राम्रो नरहेको माओवादीको निष्कर्ष
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    ‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन । अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ । विश्वासको मत लिन छल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ । प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई हाम्रो पार्टीले अरु अरु दलले सचेतता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

    बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ ।
    यस्तै दुई प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय संविधान र लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको ठहर पनि बैठकले गरेको छ ।

  • २२ बैशाख २०७८, बुधबार ०८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images