आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी
  • CIA Khabar

  • काठमाडौँ ।  आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । आजदेखि बाजुरा, रोल्पा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा निषेधाज्ञा जारी भएको छ ।

    बाजुरामा बिहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ । त्यस्तै रोल्पामा बिहान ६ बजेदेखि निषेधाज्ञा शुरू भएको छ ।

    महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ ।

    गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा बिहीबार बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।

    निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

    यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ ।

    कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

  • २२ बैशाख २०७८, बुधबार ०८:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images