कैलालीमा थप ४ संक्रमितको मृत्यु
  • CIA Khabar

  • कैलाली । कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। कैलालीका ३ र कञ्चनपुरका १ जनाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

    उनका अनुसार धनगढी उपमहानगरपालिका-२ का ७२ वर्षीय पुरुष र ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो ।

    कैलालीको गौरीगङ्गा नगरपालिका-१ का ३५ वर्षीय पुरुषको पनि हिजो राति सवा आठ बजे मृत्यु भएको उनले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको भने आज बिहान सवा ४ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

  • २२ बैशाख २०७८, बुधबार ११:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images