संक्रमितमा अक्सिजनको मात्रा कम हुँदामात्रै अस्पताल जाने हो ?
  • CIA Khabar

  • काठमाडौं । कोरोनाभाइरस ९कोभिड—१९० संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएसँगै अस्पतालमा बिरामीले हत्तपत्त बेड पाउने अवस्था छैन । कोरोना संक्रमणको दोस्रो लहरमा गम्भीर समस्या भएका बिरामीको संख्या बढ्दो छ । त्यस्ता बिरामीका लागि आइसियू, भेन्टिलेटर र अक्सिजनसहितको बेड पाउन झन् मुस्किल छ ।

    संक्रमितमध्ये ठूलो संख्यामा होम आइसोलेशनमा छन् । संक्रमित भएर स्वास्थ्यमा जटिल अवस्था सिर्जना भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ ।

    तर संक्रमितको संख्यासँगै गम्भीर अवस्थाका बिरामीको संख्या पनि तीव्र गतिमा बढ्न थालेपछि श्वासप्रश्वासमा समस्या भएका, निमोनिया भएका, अक्सिजनमा लेबल घटबढ हुने, रुघाखोकी लगायतका समस्या भएका बिरामीले अस्पताल पुगे पनि बेड पाएका छैनन् ।

    अर्कोतिर सामान्य लक्षण भएका कोरोना संक्रमित पनि आत्तिएर बेड पाउने आशामा अस्पतालमा भौँतारिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् ।

    होम आइसोलेशनमै बस्दा हुने बिरामी पनि अस्पतालमा भर्ना हुनका लागि दौडधूप गर्न थालेपछि भिड बढेर संक्रमणको जोखिम बढ्ने खतरा देखिएको चिकित्सकहरु बताउँछन् ।

    ‘होम आइसोलेशनमा बस्दा के–के गर्ने भनेर धेरैजनाले सिकाए पनि के–के नगर्ने भनेर संक्रमितले राम्रोसँग थाहा नपाउँदा उनीहरु आत्तिए,’ डा. पुन भन्छन्, ‘एक्लै कोठाभित्र लक्षणसहितका संक्रमित बस्दा कस्तो अवस्थामा अस्पताल पुग्ने भनेर प्रष्ट जानकारी दिनुपर्छ ।’

    लक्षण अनुसारको औषधि सेवन गरिरहेका र कोरोना लक्षण देखिएका सामान्य अवस्थाका संक्रमित अस्पताल भर्ना हुनुपर्ने अवस्था नरहेको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक एवं छाती रोग विषेशज्ञ डा। सन्तकुमार दास बताउँछन् ।

    भाइरसको नयाँ स्ट्रेनले शरीरमा प्रवेश गर्दा पनि रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, शरीरका मांसपेशी दुख्ने, छालामा एलर्जी आउने, शिथिलता हुने, गन्ध हराउने, कतिपयमा वाकवाकी, पखाला लाग्ने, मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने लक्षण देखिन्छ ।

    यी लक्षणहरु निरन्तर देखिएर बेडबाट उठ्नै नसकेपछि अस्पतालमा पीसीआर परीक्षण गर्न आउँदा धेरैलाई कोभिड संक्रमण भइसकेको पाइएको डा. दास बताउँछन् । त्यसैले कुन अवस्थामा कोरोना संक्रमित बिरामीले डाक्टरसँग सल्लाह लिने वा अस्पताल पुग्ने भनेर थाहा पाउन अत्यन्त जरुरी भएको उनी बताउँछन् ।

      कस्तो अवस्थामा अस्पताल जाने ? 

    कोरोना संक्रमितमा लक्षण देखिएको ४र५ दिनभित्र चिकित्सकको परामर्श लिनुपर्छ । संक्रमित वा शंकास्पद व्यक्तिको शरीरमा अक्सिजनको मात्रा नियमित नाप्नुपर्छ । कोरोना संक्रमण भएको दुई दिनसम्म मन्द ज्वरो आएमा, लगातार खोकी लागेमा लक्षण देखिएको ४–५ दिनभित्रै चिकित्सकसँग परामर्श लिन जानुपर्छ ।

    संक्रमणको लक्षण देखिएको ६र७ दिन जोखिमपूर्ण समय भएको चिकित्सकहरु बताउँछन् । संक्रमितमा लक्षण देखिएको ६र७ दिनमा निमोनिया भइ अस्पताल भर्ना हुने बिरामीको संख्या अत्यधिक बढेको उनीहरुको भनाइ छ ।

    कोरोना संक्रमित तथा आशंका गरिएका व्यक्तिले अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्नुपर्छ । अक्सिजनको मात्रा ९३ भन्दा कम भए तत्काल चिकित्सकसँग परामर्श लिइहाल्नुपर्ने डा। पुन बताउँछन् ।

    यता, डा। दास होम आइसोलेशनमा बस्ने लक्षणसहितका बिरामीले अक्सिजनको लेभल कम हुँदामात्रै अस्पताल भर्ना हुनुपर्छ भन्ने गलत बुझाइ रहेको बताउँछन् । ‘संक्रमितलाई अन्य दीर्घरोगले ग्रस्त पारेको छ र अक्सिजनको लेभल ठिक छ भने पनि बिरामीको अवस्था हेरेर भर्ना हुनुपर्ने हुन्छ,’ उनले भने ।

    संक्रमितमा अक्सिजन लेबल ९३ भन्दा कम पुगेको छ भने अस्पताल पुर्‍याउनु अगाडि बिरामीलाई घोप्टो पारेर सुताउनुपर्छ । यस्तै संक्रमितको श्वासप्रश्वासको दर प्रतिमिनेट २४ पटकभन्दा बढी भएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

    संक्रमित गम्भीर अवस्थामा पुग्दा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी, अक्सिजनको मात्रा ९० भन्दा कम हुने भएकाले त्यस्तो अवस्थामा बिरामीलाई तत्काल अस्पताल पु¥याउन चिकित्सकहरु सुझाव दिन्छन् ।

    मध्यमस्तरको संक्रमण देखिएका बिरामीको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशतभन्दा कम हुन सक्ने भएकाले चिकित्सकसँग परामर्श लिन अति आवश्यक पर्ने उनीहरुको भनाइ छ ।

  • २२ बैशाख २०७८, बुधबार ११:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images