विश्वभर कोरोना संक्रमण दर बढ्दो‚ भारतमा एकै दिन थपिए साढे ८१ हजार
  • CIA Khabar

  • विश्वभर कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २० घण्टामा झण्डै साढे ११ हजार जनाको मृत्यु भएको छ। ब्राजिलमा मात्रै तीन हजार ६७३ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा अमेरिकामा ९४५, इटलीमा ५०१, भारतमा ४६८, रुसमा ३८३,  फ्रान्समा ३१४ जना रहेका छन्। योसँगै कोरोनाका कारण विश्वभर कुल मृतकको संख्या २८ लाख ३९ हजार ११८ जना पुगेको छ।

    यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ४९४ जना संक्रमित थपिएका छन्। ब्राजिलमा ८९ हजार ४५९, भारतमा ८१ हजार ४४१, अमेरिकामा ७५ हजार ३९८, फ्रान्समा ५० हजार, टर्कीमा ४० हजार ८०६ जना संक्रमित थपिएका छन्। विश्वभर कुल संक्रमितको संख्या १३ करोड १ लाख ४६ हजार ३१४ रहेका छन्। संक्रमितमध्ये १० करोड ४८ लाख ७३ हजार ५५६ जनाले कोरोनालाई जितेका छन्।

  • २० चैत्र २०७७, शुक्रबार ०६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images