बुढानीलकण्ठमा देउवा भेटन गएका ओलिलाइ विश्वासको मत नदिने भन्दै निराश बनाइ पठाए बालुवाटार
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

    बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सभापति देउवालाई भेट्न एमालेनका नेतासहित प्रधानमन्त्री ओली बुढानीलकण्ठ पुगेका थिए ।

    आज प्रधानमन्त्री ओली सहितका नेताहरु विश्वासको मत दिन कांग्रेससँग सहयोग मागेको तर कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

    उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।’

    प्रधानमन्त्रीसँगको छलफलका क्रममा कोरोना महामारीको विषयमा समेत ध्यनाकर्षण गराएको महतले जानकारी दिए ।

    उनले भने,‘कोभिडको महामारी देशमा व्याप्त छ । जनता कठिन अवस्थामा छन् । नागरिकले उपचार नपाएर पीडामा छन् । यसबाट मुक्त गर्नका लागि हरसम्भव सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं ।’

    छलफलका क्रममा सरकारले जारी गरेको अध्यादेश गलत रहेको समेत कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको डाक्टर महतले जानकारी दिए ।

    ‘लोकतान्त्रिक मुल्य मान्यताप्रति आउने कुरामा प्रतिवद्ध हो भने व्यवहारमा देखिनुपर्‍यो । विषयहरुमा सहकार्य गर्न सक्छौं सत्तासहकार्यका लागि अहिले अवस्था छैन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ नेता महतले भने ।

    तर बैठकमा भएको छलफलका बारेमा एमाले नेताहरुले कुने प्रतिक्रिया दिएनन् ।

  • २२ बैशाख २०७८, बुधबार २०:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images