खानेपानी मन्त्रीले सम्झे कृष्णप्रसाद भट्टराईलाई
  • CIA Khabar

  • काठमाडौं २० चैत । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेका नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई स्मरण गरेका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै सन्त नेता स्व.भट्टराईलाई स्मरण गरेका हुन् ।

    स्वास्थ्य समस्याका कारण कार्यक्रमस्थलमा उपस्थित हुन नसकेका मन्त्री थापाले भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजनामध्ये कै मुख्य रहेको भन्दै यसलाई अब क्रमिक रुपमा विस्तार गर्दै लैजाने बताए । मेलम्चीको पानी वितरण भइसकेपछि विभिन्न चरणमा रिङरोड बाहिर पनि विस्तार गरिने र पानीको थप स्रोत पनि ल्याइने उनको भनाइ थियो ।

  • २० चैत्र २०७७, शुक्रबार १५:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images