गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु
  • CIA Khabar

  • विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
    विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

    आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा हिजो साँझ ९ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालका जानकारी दिए । अस्पतालका प्रबन्धक दाहालले ती महिलामा ज्वरो आउनका साथै श्वासप्रश्वासमा समस्या रहेको थियो ।

  • २३ बैशाख २०७८, बिहीबार १३:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images