बाँकेमा थप १० संक्रमितको मृत्यु
  • CIA Khabar

  • बाँके । बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गएराति अस्पतालमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गएरातिदेखि आज बिहान ७स्०० बजेसम्म उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।

    भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १०स्०० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२स्३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७स्३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०स्२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १स्४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६स्१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४स्३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९स्०० बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७स्०० बजे मृत्यु भएको छ ।

    यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९स्४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १५:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images