थप ९०७० जनामा कोरोना संक्रमण, २७०७ जना डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ । थप ९ हजार ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ९० जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार ५ सय ६१ जना रहेको छ । मन्त्रालयका अनुसार आज २७ सय ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ९२ हजार ४ सय ९० जना रहेको छ ।

    आज ५४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३५ सय २९ जना पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १९:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images