बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो
  • CIA Khabar

  • एजेन्सी । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।

    यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ । इस्ट टिमोरको राजधानी दिल्लीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

  • २३ चैत्र २०७७, सोमबार १६:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images