संसदीय समितिमा अझै नेकपा कायम
  • CIA Khabar

  • नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको बैठकमा संसदीय समितिमा अझैपनि नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै आपत्ति जनाएका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना तथा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाए ।

    संसदीय समितिमा दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व गर्दै आएकोमा अहिले सहमतिअनुसार जान चाहन्छौं भन्दै सत्ता पक्षलाई बाध्य पारेर जान खोजेको बताए । उनले संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको बताउँदै समितिमा पार्टीले दिएका नामका आधारमा प्रतिनिधि चयन गर्न माग गरे ।

    सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा यसबारे छलफल गरेको सोहीअनुसार संसदीय समितिहरुमा सांसदहरुको प्रतिनिधित्वको व्यवस्था गरिने जानकारी गराए ।

  • २६ चैत्र २०७७, बिहीबार १४:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images