चेम्बर अफ कमर्स कपिलवस्तका अध्यक्ष पोख्रेल केन्द्रिय सदस्यमा निर्बाचित
  • CIA Khabar

  •  

    कपिलवस्तु । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पोख्रेललाइ कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले
    नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सहित ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित हुनु भएको छ ।

    यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको चेम्बरले जनाएको छ ।कार्यसमितिका निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको सपथ ग्रहण पनि सम्पन्न भएको हो ।

    साथै विहिवार सम्पन्न ७०साधारणसभा बाट छोटो समयमा जिल्ला चेम्बर अफ कमर्सको कार्यालयका लागि जग्गा ब्यवस्थापन तथा भवन निर्माण गरी संस्थागत विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मानित भएको हो ।संस्थागत विकासमा चेम्बर अफ कमर्स कपिलवस्तु देशमै उत्कृष्ट बनेको छ ।

    कमर्सको काठमाडौंमा सम्पन्न ७०औं साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वको टोलीलाई कदर पत्रले सम्मान समेत गरेको थियो ।

    संस्थामा आबद्ध सम्पूर्ण पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरुको सहयोग र सहकार्यले गर्दा नै छोटो समयमा यो स्थानमा आइपुगेको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो । सम्मानले थप उर्जा मिलेको समेत अध्यक्ष पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

  • २८ चैत्र २०७७, शनिबार ०८:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images