तिमीसँग प्रिय जिन्दगी गुमनाम हुन मन छ
  • सुदन डोटेल

  • तिमीसँग प्रिय जिन्दगी गुमनाम हुन मन छ,
    हुन्छ भने होस्, मायामा बदनाम हुन मन छ ।

    फिका लाग्छ कस्तुरी, छ कस्तो मिठो सुगन्ध,
    हराइ यही सुगन्धमा, सधैं मदहोशिन मन छ।

    तिमी मेरो चाहत, हौ जिउने मेरो नशालु आदत,
    नतोड्ने यि तिम्रा लतहरु, प्रणमा यो मन छ ।

    सपना तिम्रै मात्र आउँछ, यसमा मेरो के दोष भो,
    यो पाप भन्छ भने दुनियाँ, पापी हुन मन छ ।

    तिमीसँग प्रिय जिन्दगी गुमनाम हुन मन छ ,
    हुन्छ भने होस्, मायामा बदनाम हुन मन छ।

    सुदन डोटेल
    कुसुन्ती, ललितपुर

  • २९ चैत्र २०७७, आईतवार ०९:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images