दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा
  • CIA Khabar

  • दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ । उनी इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उनले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्ने बताइएको छ । त्यस्तै उनले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नुहुने बताइएको छ ।

    यस भ्रमणका क्रममा पछिल्लो समयमा केन्द्रीय बैंकको स्रोतमा लगाइएको प्रतिबन्धका विषयमा पनि कुराकानी हुने बताइएको छ । हालैको सो निर्णयले इरान र दक्षिण कोरियाको केन्द्रीय बैंकमा परेको असरका बारेमा कुराकानी हुनेछ । प्रधानमन्त्री चुङले इरानमा रहँदा त्यहाँ रहेका कोरियाली बहुराष्ट्रिय कम्पनीहरूका प्रतिनिधिहरूसँग पनि कुराकानी गर्ने बताउनुभएको समाचारमा जनाइएको छ । –सिन्ह्वा

  • ३० चैत्र २०७७, सोमबार १२:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images