माओवादी केन्द्रले गर्‍यो, चार सांसदलाई बर्खास्त
  • CIA Khabar

  • नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ मा आफ्ना चार प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण जवाफ नदिएका कारण माओवादी केन्द्रले कारवाहीस्वरुप उनीहरुलाई बर्खास्त गरेको हो ।

    बर्खास्तमा पर्ने प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर रहेका छन् । उनीहरुलाई नेकपा एमालेमा लागेका कारण कारवाही गरिएको हो । प्रदेशसभामा माओवादी केन्द्रले कारवाही गरिएको पत्र बुझाइसकेको छ । प्रदेश २ को प्रदेशसभा बैठक ६ महिनापछि दिउँसो १ बजे आज सोमवार बस्दै छ ।

     

  • ३० चैत्र २०७७, सोमबार १३:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images