अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव, रात्रिकालीन कर्फ्यू जारी
  • CIA Khabar

  • काठमाडौँ- ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीको गोली लागी एक अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव भएको छ ।मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा गत आइतबार प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

    सो घटनालगत्तै भएका प्रदर्शनले उग्र रूप लिएपछि अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयासमा अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड प्रहार गरेको छ ।

    त्यसक्रममा प्रदर्शनकारीले कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि हानेका थिए । त्यहाँ लुटपाट पनि मच्चिएको विवरणहरू सार्वजनिक भएको छ ।

    राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहार दुखद भएको भन्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

  • ३१ चैत्र २०७७, मंगलवार १०:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images