बिकास निर्माणको नमुना हेर्न मेरो निर्बाचन क्षेत्रमा आउनु : सांसद पहारी
  • CIA Khabar

  • कास्की क्षेत्र नं -३ (ख) का सांसद राजिब पहारिले बिकास निर्माण को नमुना हेर्न कास्की क्षेत्र-३ (ख) मा आउन आह्वान गर्नु भएको छ । आज पोखरा -२२ चिसाखोला मा प्रदेश सरकार बाट ४ करोड लागतमा निर्मित पक्की पुल उदघाटन समारोह मा बोल्दै राजिब पहारिले यस्तो बताउनु भएको हो ।

    समारोहमा बोल्दै उहाले भन्नू भयो ” बिगत ३ बर्षमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले प्रदेशको मुहार फेर्नमा ठूलो योगदान गरेको छ र माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सुखि अनि समृद्ध प्रदेश बनाउने सपना २ बर्ष मा साकार पार्ने छौ , कोहि कसैले बाटो छेकेर छेकिने छैन , कसैले रोकेर रोकिने छैन , हाम्रो बिकास निर्माणको यात्रा निरन्तर चलिरहने छ ।

    ” साथै उहाले कास्की क्षेत्र नं-३ (ख) कास्की जिल्ला मा बिकास निर्माणमा उतकृष्ट क्षेत्र बनेको दाबी गर्दै बिकास निर्माण र समृद्धि हेर्न आफ्नो निर्वाचन क्षेत्रमा आउन आह्वान गर्नु भएको हो । गण्डकी प्रदेशमा बिकास निर्माणमा बाधा पुर्याउने केही नेता हरुलाइ इंगित गर्दै उहाले बिकास बिरोधि हरुलाइ माकुराको जालोको संज्ञा दिनु भएको छ ।

    गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ को प्रमुख आतिथ्यता , गण्डकी प्रदेशका भौतीक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेत र प्रदेश सांसद राजिब पहारिको बिशिस्ट आतिथ्यता मा चिसाखोला पक्की पुल उदघाटन कार्यक्रम सप्पन्न गरिएको छ ।

  • १ बैशाख २०७८, बुधबार १६:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images