हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पुल उडायो
  • CIA Khabar

  • शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

    एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए ।

    पुलको निर्माण तीन वर्ष अघि शुरु गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताए ।

  • ५ बैशाख २०७८, आईतवार १२:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images