वाग्मती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय, विद्युतीय बस खरिद् मुख्य एजेन्डा
  • CIA Khabar

  • वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

    आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ । “विद्युतीय बस खरिदले प्रदेशमा समस्या उत्पन्न भएको छ । हामीले टेन्डर आह्वान गरिसकेका छौँ । तर, त्यही कारण संसद् अवरूद्ध छ । आजको छलफलको विषय यही हो ।”

    बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको उनले जानकारी दिए ।

    त्यसका अतिरिक्त समसामयिक राजनीतिक विषय, कोराको नयाँ भेरियन्ट आदिमा पनि छलफल हुने उनले बताए ।

  • ६ बैशाख २०७८, सोमबार ०८:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images