एमाले बैठकमा माधव नेपाल र प्रचण्डविरुद्ध ओलीको आक्रोश
  • CIA Khabar

  •  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् ।

    ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै नेपालको आलोचना गरेका हुन् ।

    शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले अविश्वास प्रस्ताव ल्याउँदा एमालेकै नेपालपक्षीय सांसदहरूले फ्लोर क्रस गर्दा प्रस्ताव फेल भएको थियो ।

    ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाए ।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए ।

  • ६ बैशाख २०७८, सोमबार १६:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images