लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिए
  • CIA Khabar

  • लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

    आज नै कांग्रेस, माओवादी र जसपासहितका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

    अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

    सामाजिक विकास मन्त्री बरालले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूहरू दुवै जनाले मन्त्री पदबाट राजीनामा दिएको बताए । मुख्यमन्त्री पोखरेल आज कार्यालयमा गएका छैनन् ।

    निवासमै राजीनामा दिन मन्त्रीहरू जाने प्रयास गरे पनि मुख्यमन्त्री पोखरेलले समय उपलब्ध नगराएपछि प्रदेश प्रमुख सचिवसमक्ष राजीनामा बुझाएको मन्त्री बरालले जानकारी दिए ।

    ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

  • ६ बैशाख २०७८, सोमबार १६:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images