च्याम्पियन्स लिग : बार्यन म्युनिख र पीएसजी क्वार्टरफाइनलमै भिड्ने
  • CIA Khabar

  • च्याम्पियन्स लिगमा गत सिजनका फाइनलिस्ट दुई टिम बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेन (पएिसजी) क्वार्टरफाइनलमै भिड्ने भएका छन् ।

    शुक्रबार सार्वजनिक भएको क्वार्टरफाइनल ड्रमा साबिक विजेता बार्यनले फ्रान्सेली क्लब पीएसजी प्रतिद्वन्द्वी पाएको छ । गत सिजन फाइनलमा पीएसजीलाई १–० ले हराउँदै जर्मन क्लब बार्यनले उपाधि जितेको थियो । बुन्डेसलिगाको लिग लिडर बार्यन यो सिजन पनि उत्कृष्ट लयमा छ भने पीएसजी लिग वानको दोस्रो स्थानमा छ ।

    यस्तै म्यानचेष्टर सिटीले बोरुसिया डर्टमुण्ड, लिभरपुलले रियल मड्रिड र चेल्सीले पोर्टोसँग खेल्नेछ ।

  • ६ चैत्र २०७७, शुक्रबार १८:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images