गोरखामा ढिस्कोले पुरेर दुई पुरुषको मृत्यु
  • CIA Khabar

  • गोरखा । सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

    घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पुर्याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे । भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ ।

  • १० जेष्ठ २०७८, सोमबार २३:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images