कृष्णनगरका मेयर शाह हजारौं कार्यकर्ता सहित कांग्रेसमा प्रवेश
  • CIA Khabar

  • कपिलवस्तु । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह एक हजार भन्दा बढी कार्यकर्ता सहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमुख शाह हजार भन्दा बढी कार्यकर्ता सहित नेपाली काँग्रेसमा प्रबेश गरेका हुन । नगरप्रमुख शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदावारी दिएर विजय भएका थिए ।
    शनिवार आफनै निवास वहादुरगंजमा एक कार्यक्रमका विच वडा अध्यक्ष सहित करिव ४ हजार समर्थक सहित शाह नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जानकारी दिएको छ । शाहलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गरेका छन् । सभापति पुनले नगरप्रमुख शाहको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु क्षेत्र न ३ मा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गरेका छन् ।
    नगरप्रमुख शाहलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , प्रतिनिधि शभा सदस्यहरु अभिषेक प्रताप शाह , अतहर कलाम , जिल्ला सभापति अव्दुल कलाम सहितका नेताहरुले सुभकामना व्यतm गरेका छन । नवप्रवेशि नगरप्रमुख शाहले स्वतन्त्र भई काम गर्न कठिनाई भएको बताएका छन् । केन्द्र देखि स्थानीय तह सम्म विभिन्न पार्टिका सरकार भएकाले आफु स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासको लागी सहयोग प्राप्त गर्न नसकेको दुखेसो व्यतm गरे ।
    शाहले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताएका छन् । शाह संगै नगरपालीका वडा न ९ का वडा अध्यक्ष राममिलन चौधरी , पार्टिका प्रभावशाली नेता चर्तुभुज कहांर , सहित विभिन्न पार्टि परित्याग गरि ४ हजार समर्थक प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

  • २२ माघ २०७८, शनिबार १७:५४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images