यस्तो टाउको दुखाईले ज्यानै लिन सक्छ !
  • CIA Khabar

  • समय समयमा विभिन्न समस्याले टाउको दुख्छ । केही सामान्य रुपमा कहिलेकाहीँ टाउको दुख्नुलाई सामान्य मानिन्छ । तर, अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । यस्तो टाउको दुखाई खतरनाक समेत हुन सक्छ ।

    कहिलेकाहीँ प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ । तर, कुन रोगका कारण टाउको दुखेको हो भनेर पत्ता कसरी लगाउने भन्ने समस्या पर्न सक्छ । मानसिक तनावका कारण टाउको दुख्ने समस्यालाई माइग्रेन भनिन्छ । यो टाउको दुखाई केही समयमा औषधि, उपचार र खानपानका कारण निको हुन सक्छ ।

    कहिलेकाहीँ सहनै नसक्ने गरी टाउको दुख्छ । यस्तोमा आफैँले औषधी किनेर खाने भूल गर्नु हुँदैन । धेरै टाउको दुख्नु घातक हुन्छ । कतिपय अवस्थामा सहन नसक्ने गरी टाउको दुख्यो वा अचानक टाउको दुख्न थाल्यो भने तत्काल अस्पताल जानु पर्दछ । धेरै टाउको दुख्दा लामो समयसम्म उपचार गरिएन भने ज्यान पनि जान सक्छ ।

  • १२ चैत्र २०७८, शनिबार २०:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images