अनेरास्ववियुका कार्यकर्ताले गरे प्रहरी माथि ढुङ्गा प्रहार
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माकाे बर्खास्तीकाे माग गर्दै शुक्रबार साझ मिनभवनमा राके जुलुस र मन्त्री शर्माको पुल्ला जलाउन लागेका अनेरास्ववियुका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका हुन् ।
    पुत्ला जलाउन राेक्न खाेज्दा अनेरास्ववियुका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाे महानगरीय प्रहरी वृत तिनकुनेका प्रहरी नायब उपरीक्षक मिम लामाले जानकारी दिनुभयाे ।
    प्रहरीमाथि ढुङ्गा प्रहार गर्दै पुत्ला दहनकाे प्रयास भएपछि राेक्न खाेज्दा भएकाे झडपमा केही प्रहरी घाइते भएकाे उहाले बताउनु भयाे । आन्दोलनकारी तर्फ पनि केही घाइते भएका र तीन जनालाई नियन्त्रणमा लिइएकाे उहाले बताउनु भयाे ।

  • ३ असार २०७९, शुक्रबार २३:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images