बेलकामा कोशीको कटान रोक्ने प्रयास गर्न सम्बन्धित निकायलाई गृहमन्त्री खाणको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका वडा नं ८ डुम्रेकोट, लाहुरे खोचमा कोशी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुँनेगरी रोकथामको प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
    अहिले गृहमन्त्री खाणको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोशीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुंगा भने र बालुबा बोरामा भरेर कटान तर्काउने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

    ‘नदीले कटान सुरु गरेपछि अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले कटान रोक्ने प्रयास गरिरहेका छन् । बहाब ठूलो भएकाले समस्या भइरहेको छ । गृहमन्त्रीज्यूले केन्द्रबाटै पहलकदमी र निर्देशन दिएकाले कटान रोक्ने प्रयास भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो ।

    गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिंचाईसचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायबमहानिरीक्षक (डिआइजी)कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोक्न पहल कदमी लिन निर्देशन दिनुभएको थियो ।

    सशस्त्र प्रहरी बलका डिआइजी गिरीले गृहमन्त्रीले कटान रोक्नका लागि तत्काल पहल कदमी लिन निर्देशन दिएको बताउनु भयो । अहिले सशस्त्रको टोली कटान क्षेत्रमा नै रोक्ने प्रयासमा रहेको उहाँले बताउनु भयो ।
    यो क्षेत्रमा गत वर्गा पनि कोसी नदीले कटान गरेको थियो ।

  • १७ असार २०७९, शुक्रबार २०:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images