गीतकार एवं संगीतकार अर्जुन थापाको म्युजिक भिडियो ‘माया’ सार्वजनिक
  • CIA Khabar

  • काठमाडौं ।  गीतकार एवं संगीतकार अर्जुन थापा अभिनित म्युजिक भिडियो ‘माया’ सार्वजनिक भएको छ । माया प्रेमसँग सम्बन्धित म्यूजिक भिडियो ‘माया’ युट्युब च्यानल ‘कलापुञ्ज’ बाट सार्वजनिक गरिएको हो ।

    अर्जुन थापाको रचना रहेको गीतमा चर्चित गायिका रचना रिमाल र कृष्ण काफ्लेको स्वर रहेको छ । त्यस्तै, भिडियोमा गीतकार एवं संगीतकार अजुर्न थापा र निरु थापाको सशक्त अभिनय रहेको छ ।

    हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका गीतकार, संगीतकार एवं कलाकार अर्जुन थापा नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।

    गीतको एरेन्ज फणिन्द्र राईले गर्नुभएको हो भने मनिष लामाले रेकर्डिङ गर्नुभएको हो । राजाराम सिम्खडा कोरियोग्राफर रहनुभएको भिडियोको सम्पादन सुरेश राउतले गर्नुभएको हो।

    त्यस्तै, भिडियोको निर्देशन सुरेश थापाले गर्नुभएको छ ।

     

     

  • २९ असार २०७९, बुधबार २१:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images