घुस लिई भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्ष अख्तियारमा
  • CIA Khabar

  • रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले निर्माण व्यवसायि संग घुस लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानियले मुद्धा दर्ता गराएका छन् । गाउापालिका अध्यक्ष सुनुवारले गाउँपालिकाको वडा नम्बर १ गुम्देलदेखी वडा नम्बर ७ भुजी सम्म जाने सडक निर्माणको क्रममा निर्माण ब्यवसाय कम्पनी मोतिदान कन्स्ट्रक्सन संग १० लाख रकम घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा अध्यक्ष बिरुद्ध मुद्धा दर्ता गरेका हुन् ।
    गाउँपालिका अध्यक्ष सुनुवारले आफ्ना सवारी चालक उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ बस्ने नेत्र बहादुर सुनुवारको इन्भेष्टमेण्ट बैंक लिमिटिडको खाता नम्बर ००४०५०८०००९२३५ मा २०७८ साल चैत्र १६ गते बुधबार १० लाख रकम निर्माण ब्यवसायि संग घुस लिई भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।
    गाउँपालिकाको ४ करोड र बागमती प्रदेश सरकारको ४ करोड गरी ८ अरोडको लागतमा टेन्डर निकालियको सडकको काम मोतिदान कन्स्ट्रक्सनले ४ करोड १८ लाख ८० हजारमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । स्थानिय नागरिकले खानेपानी योजनाको क्रममा पनी आफन्तलाई टेन्डर ननिकाली मिलेमतोमा काम दियर गुणस्तरहिन पाइप खरीद गरी भ्रष्टचार जन्य काम गरेको आरोपमा समेत उजुरी हालेका छन् ।
    गाउँपालिका अध्यक्ष सुनुवारले भने आफु काठमाण्डौमा रहेको र यस सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । अख्तियारमा मुद्धा परेको भए आफुलाई जानकारी आउने र त्यस पछी मात्र आफुले जवाफ दिने बताए । यस भन्दा पहिले पनी हल्ला चलाएको र आफुले त्यसको सफाई दिनुको साथै बैंक स्टेटमेण्ट समेत सम्बन्धीत निकायमा बुझाइ सकेको अध्यक्ष सुनुवारले बताए । यस अघि सुनुवार नेकपा एमाले बाट २०५४ सालमा साविक प्रिति गाविसको अध्यक्ष २०७४ मा र २०७९ सालमा गाउँपालिकाका अध्यक्ष हुन् ।

  • १० भाद्र २०७९, शुक्रबार ०९:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images