कपिलवस्तु ३ मा विवाद : महासमितिकाे पुननिर्वाचन माग गर्दै उजुरी
  • CIA Khabar

  • कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनाैटकाे विषय विवादित बनेकाे छ । विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेकाे छ।आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनकाे माग गरेका छन्।

    १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठकनै नबाेलाई केन्द्रीय सदस्य रूपा बिकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनोट गरेका छन्।

    बिक सहितको समूहले बलमिच्याइ गरेर आफू निकटकालाई मात्रै महासमिति सदस्य बनाएका छन् ।साे कार्य पार्टीको विधान विपरित रहेकाे दाबी गरेका छन् ।पूर्वसांसद अभिषेकप्रताप शाहसहितका नेताहरूले महासमिति सदस्यका लागि पुन: निर्वाचन हुनुपर्ने माग गरेका छन्।

    त्यस्तै दलित काेटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा महासमितिमाआफूलाई विधान विपरित सिफारिस गरेकाे पनि निवेदनमा उल्लेख छ। महासमिति छना‌ैट प्रक्रिया अलाेकतान्त्रिक, विधान विपरथ र जनताकाे भावना विपरित भएको भन्दै अहिलेकाे सिफारिस कार्यान्वयन नगरि पुर्ण सहमति वा निर्वाचनकाे माध्यमबाट महासमिति सदस्य छनाैटकाे व्यवस्था मिलाइदिन माग गरिएकाे छ।यसरी माग गर्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, न‌ैनकला रेग्मी, प्यारमाेहमत मिया ,राधिका माली लगायत  छन् ।

    साथै उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले संघीय चुनाव मा उम्मेदवार सिफारिस गरे बापत सिफारिस गरिएका उम्मेदवार बाट अनुचित रूपमा सस्थागत नभई ब्यक्तिगत रूपमा केहि उम्मेदवारबाट पैसा उठाएको र अन्य सिफारिस उम्मेदवार बाट केहि रकम माग गरेर आफ्नो पदको दुरुपयोग गरि आर्थिक लाभ लिएकाे भन्दै आवश्यक परे प्रमाण पेश गर्ने पनि जनाएका छन् ।

    Open photo

  • १६ कार्तिक २०८०, बिहीबार ०८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images