माओवादी पदाधिकारी बैठक आज पनि बस्दै
  • CIA Khabar

  • काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ ।

    दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ ।

    हिजो सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचन, पार्टीको रूपान्तरण अभियान, विधान सम्मेलन, एकता समायोजन लगायत समसामयिक विषयका बारेमा ब्रिफिङ गरेका थिए ।

    पार्टीको रूपान्तरण अभियानको बारेमा विभिन्न प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । पदाधिकारी बैठकले हिजोबाट सुरु भएका छलफलका विषयमा निर्णय समेत गर्नेछ ।

  • ४ पुष २०८०, बुधबार ०८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images