आज काठमाडौँको तापक्रम २.१ डिग्री सेल्सियस
  • CIA Khabar

  • Sweet siblings, children having winter party in snowy forest. Kids friends rest outdoor at nature. Young brothers, boys, drinking tea from thermos. Hot drinks and beverage in cold weather

    काठमाडौँ – काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जनाएको छ । हिजो काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार आज दिउँसोको तापक्रम १६.५ डिग्री पुग्नेछ ।

    महाशाखाले तत्कालै वर्षाको सम्भावना नरहेकाले अझै चिसो बढ्ने जनाएको छ । दिनदिनै तापक्रम घट्दै गएका कारण दिउँसो घाम लागे पनि बिहान र बेलुका निकै चिसो बढेको छ ।

     

  • १४ माघ २०८०, आईतवार १०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images