जनताको सेवा गर्न वरीयताले फरक पर्दैन -उपेन्द्र यादव
  • CIA Khabar

  • काठमाडौं  । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि ‘पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा यादवले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताएका हुन् ।ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ उनको छ ।

  • २७ फाल्गुन २०८०, आईतवार १३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images