चुकन्दर खानुभएको छ ? यसका फाइदा जानिराख्नुहोस्
  • CIA Khabar

  • काठमाडौँ– बिटरुट अर्थात् चुकन्दर  स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ ।

    भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र हृदयाघातको जोखिम हुन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

    चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ ।

    चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । साथै गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यामा छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ ।  शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा  पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।

     चुकन्दर खाँदाका फाइदाहरू
    – हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ ।
    – चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस बनाउँछ ।
    – यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।
    – शरीरमा अक्सिजनको वृद्धि भई मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउँछ ।
    – चुकन्दरले अल्जाईमर हुनबाट बचाउँछ ।
    – चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेट सफा हुन्छ ।
    – चुकन्दर खाँदा रक्तचाप नियन्त्रण हुन्छ ।
    – हृदयघातको जोखिमबाट बचाउँछ ।
    – चुकन्दरमा कुनै प्रकारको क्यालोरी हुँदैन । जसले शरीरको तौल सन्तुलन गर्न मद्दत गर्छ ।
    – शरीरमा रगतको कमी हुन दिँदैन ।
    – रक्त अल्पता हुनबाट बचाउँछ।
    – गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ ।

  • १५ चैत्र २०८०, बिहीबार ०८:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images