नेपाल आइडल सिजन ४ मा को को हुन सक्छन् जजहरू ?
  • CIA Khabar

  • काठमाडौं । चर्चित रियालिटी सो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने खबर केही दिन अगाडि सार्वजनिक भएको थियो ।पुनः नयाँ प्रतिभाको खोजी गर्दै प्रसारणमा आउने खबरले दर्शकहरू निक्कै नै उत्साहित छन्।

    यस पटक भने शोले जजहरू परिवर्तन गर्ने भएको छ। एकातिर उत्साहित छन् भने अर्कातिर सोमा जज को हुन्छ भनेर दर्शकको मनमा कौतुहलता हुन थालेको छ ।साथै कतिले त यो जज भए सो अझै उत्कृष्ट हुन्थ्यो भनेर पनि अड्कल काटेका छन्।

    शम्भु जित बास्कोटा , अमृत गुरुङ, सुगम पोख्रेल , राजेश पायल राई , मेलिना राई लगायत गायक गायिकालाई दर्शकले सो सँग जोड् दिएका छन् । यसै गरी राम कृष्ण ढकाल , कर्ण दाश , सिभ परियार र अन्जु पन्त पनि जजको रूपमा हुँदा राम्रो भन्ने दर्शकको भनाइ छ ।

    फ्रेन्चाइज गायन रियालिटी शो रहेको ‘आइडल’ पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी शोलाई दर्शकले अत्यधिक रुचाएका थिए। शोबाट केही गायक/गायिकाको उदय पनि भएको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार १९:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images