‘बीच्च बीच्चमा ४’ विवादपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’
  • CIA Khabar

  • काठमाडौं । गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका छन् । ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका हुन् ।

    दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोपसहित विवादमा तानिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो ।

    प्रतिष्ठानले बहिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शिर्षक बनाएर गीत सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

    दुर्गेशले भने–‘यसअघि पनि मलाई आलु जस्तो गायक भन्दा यही शिर्षकमा गीत सार्वजनिक गरेँ । अहिले ‘बहिष्कार’को कुरा आइरहँदा यही शिर्षकलाई नै लिएर गीत तयार गर्ने सोच बनाएको हुँ ।’ उनले, यो गीत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानप्रति लक्षित गरेर तयार नपार्ने पनि बताएका छन् । अहिले गीतको कन्सेप्ट मात्र तयार भएको उनले बताए । गीतको रेकर्डिङ केही समयमै गर्ने र भदौंको पहिलो साता सार्वजनिक गर्ने तयारी आफूले गरेको थापाको भनाई छ । दुर्गेशले आफूले अहिलेको पुस्ताले जुन खालको गीत खोज्छन्, सोही अनुसार आफू पनि अगाडि बढ्ने गरेको दाबी गरेका छन् ।

  • २० श्रावण २०७८, बुधबार १९:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images