‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई
  • CIA Khabar

  • काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका छन् ।

    झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।

    टप-४ मा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् ।

    उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् । उनी टिम प्रमोदबाट टप-४ मा पुगेका थिए ।

     

  • २४ श्रावण २०७८, आईतवार ०६:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images