डेङ्गुले लियो पाल्पामा एक जनप्रतिनिधिको ज्यान
  • CIA Khabar

  • पाल्पा- डेङ्गुले पाल्पामा एक जनप्रतिनिधिको ज्यान लिएको छ । पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ का वडा सदस्य हुम बहादुर सिंजालीको डेङ्गुको उपचारको क्रममा मृत्यु भएको हो ।
    रम्भा १ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो। ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलोशिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
    आइतबार हात दुख्ने समस्या देखिएर स्याङजाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाधेर अस्पतालले घर फर्काएको थियो । पछि पूनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिशन अस्पताल हुँदै बुटवल पुर्याइएको थियो ।
    वडा सदस्य सिंजाली गत स्थानिय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिका भर बुधबार शोक विदा दिएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार १२:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images