बेस नेपालमा नयाँ नेतृत्व
  • CIA Khabar

  • पाल्पा -झण्डै ३ दशक अघि पाल्पामा स्थापना भएको सामाजिक संस्था बेस नेपालको २९औं साधारण सभा तथा १३ औं अधिबेसनले नयाँ नेतृत्व चयन गरेको छ ।
    रामपुरमा भएको अधिबेसनले आगामी ३ बर्षे कार्यकालका लागि इन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उमा अधिकारी र लेखनाथ शर्मा मरासिनी, सचिवमा भेषराज पोखरेल, उपसचिवमा सिमा राना, कोषाध्यक्षमा मेदनीलाल पाण्डे र सदस्यहरुमा प्रेम नारायण पाण्डे, बिर बहादुर दर्लामी, रुमकला राना, पुजा परियार र महेश यादब रहनुभएको छ ।


    बेस नेपालले संस्थागत विकासमा स्थापित बिभिन्न पुरस्कारबाट कर्मचारी तथा सदस्यलाई पुरस्कृत तथा सम्मान गरेको छ । बेस सुप्रसिद्ध सिर्जना पुरस्कार २०७७ बाट टोपलाल रुचाल, बर्ष उत्कृष्ट कर्मचारी सम्मान सन्त बहादुर खाम्चाहा, सागर हिस्की, राधाकुमारी परियार र खड्गजित पुलामी, बेस सुप्रसिद्ध सिर्जना पुरस्कार २०७८ रामपुरको धर्माेदय दशअबतार बालन समुह, कर्मबीर पुरस्कारबाट उमा अधिकारी, दिर्घ सेवा पुरस्कार कुश्माखर पाण्डे, बर्ष उत्कृष्ट कर्मचारी कार्यक्रम संयोजकमा सुआहाराका दिनेश घिमिरे, बित्तिय तथा प्रशासकीय सपना खड्का, फिल्ड सुपरभाइजर निशा घर्ती, राजकुमार गुप्ता, शकुन्तला नेपाली, रामप्रसाद तिमिल्सिना, पोषण सहजकर्ता बिष्णुमाँया सुनार, हरिमायाँ राना र मनका काउछा, सवारी चालक बिजय कार्की सम्मानित भएका छन् ।


    साधारण सभा तथा अधिबेसन सफलताको शुभकामना दिदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामाजिक कार्यमा सक्रिय बेस नेपालसँगको साझेदारीमा नियमित कार्यक्रम भैरहेको र निरन्तरता रहनेमा बिश्वस्थ भएको बताउनुभयो । कार्यक्रममा शहिद बहुमुखी क्याम्पसका अध्यक्ष देबराज ढकाल, नेपाली काग्रेंसका नगर सचिब चिरिञ्जिवी सिग्देल, नेकपा एमाले नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मी, नेकपा माओबादी केन्द्रका क्षेत्रिय संयोजक कमलराज भट्टराई, वडा नम्बर १ का अध्यक्ष मित्रलाल कडेंल, २ का वडाध्यक्ष तारा बहादुर थापा, रामतुलसी माबिका प्रध्यानाध्यापक बालकृष्ण लम्साल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, सुआहारा कार्यक्रमका वास अधिकृत राजेन्द्र बराल, इन्देणी समाज केन्द्रका कार्यकारी निर्दशक रुद्र मश्राङ्गी, धर्माेदय दशअबतार बालनका अध्यक्ष लक्ष्मीचन्द्र पंगेनी लगायतले बेस नेपालले गैरसरकारी संस्था मार्फत समाजका शिक्षा, स्वास्थ्य, कृषि, सरसफाई र सचेतनामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
    बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बेस नेपालले पाल्पा, नवलपरासी पुर्व र पश्चिम, रुपन्देहीमा सञ्चालित कार्यक्रम, भावी कार्यक्रम बारे जानकारी दिनुभएको थियो । साथै साधारण सभाको बन्द सत्रले कार्यकारी निर्देशकको संस्थागत विकास प्रतिबेदन तथा कोषाध्यक्ष मिन प्रसाद ढकालको लेखा प्रतिबेदन पास गर्दै आगामी बर्षका लागि अनुमानित बजेट १५ करोड, ६४ लाख, ७९ हजार ७ सय ७६ रुपँया र अनुमानित खर्च बजेट १५ करोड, ६० लाख, ७३ हजार १ सय ६१ रुपँयाको प्रस्तुत बजेट अनुमोदन गरेको छ ।
    संस्थाका अध्यक्ष छबिलाल सुबेदीको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका उपसचिब कृष्ण पुरीले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिब तुलसीराम गौतमले गर्नुभएको हो ।

  • १३ कार्तिक २०७८, शनिबार २३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images