राष्ट्रियसभा उपनिर्वाचन : मनोनयन दर्ता गराउने समय १० बजेदेखि ४ बजेसम्म
  • CIA Khabar

  • kf]v/f, ( df3 . /fli6«o;ef ;b:o lgjf{rgcGtu{t laxLaf/ u08sL k|b]zsf] /fhwfgL kf]v/fdf dtbfgdf ;xefuL aGb} k|b]z;ef ;b:o ljgf]b s];L . t:jL/ M xl/ af:tf]nf, /f;;

    काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय बिहान १० बजेदेखि ४ बजेसम्म कायम गरिएको छ ।

    वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।
    निर्वाचनका लागि नेकपा एमालेले भने उम्मेद्वार टु्ंग्याएको छैन । आजै स्थायी कमिटी बैठक बोलाएको छ ।

    २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

    खाली भएको यो क्षेत्रमा एमालेले थापालाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने थापा जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा छन् । जसका कारण अहिलेसम्म एमालेको तर्फबाट उम्मेदवार चयन भइसकेको छैन ।

    संयुक्त गठबन्धनको तर्फबाट भने यो पदमा डा। खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति यसअघि विपक्षी दलहरुबीच भएको थियो ।
    राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

    राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images