चट्याङले लागेर गुल्मीमा एकजनाको मृत्यु
  • CIA Khabar

  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–४ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार स्थानीय दजाकोटमा उजिरबहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लाग्दा एकजनको मृत्यु र ८ जना घाइते बनेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

    चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेका छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images