आफैँले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
  • CIA Khabar

  • काठमाडौँ । आफैँले पढाउने विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार दोलखा भीमेश्वर नगरपालिका–९ घर भई गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा उनलाई काठमाडौँको सुन्धारास्थित ढोरपाटन गेस्ट हाउसबाट पक्राउ गरिएको हो । उनले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौँ ल्याएर होटलमा राखेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images