राष्ट्रियसभा उम्मेदवार तय गर्नुअघि ओलीले बोलाए नेताहरुलाई बालुवाटार
  • CIA Khabar

  • काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाएका छन् । उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

    वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ । ‘औपचारिक बैठक त होइन अनौपचारिक छलफलका लागि अध्यक्षले बोलाउनु भएको हो । हामी पुग्दैछौ । फस्ट आवरमा उम्मेदवारको टुंगो लाग्छ,’ नेम्वाङले एस एन एन नेपाललाई बताए ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images