‘भारतबाट अष्ट्रेलिया फर्कनेलाई जेलको बास’ भन्ने निर्णयबाट पछि हटे प्रम स्कट मोरिसन
  • CIA Khabar

  • अष्ट्रेलिया । अष्ट्रेलियाले भारतमा फसेका आफ्ना नागरिकलाई फिर्ता गर्नका लागि १५ मेदेखि फ्लाइटको सुरुवात गर्ने जानकारी दिएको छ ।

    कोरोनाको दोस्रो लहरको मार झेलिरहेको भारतमा फसेका अष्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता हुनबाट प्रतिबन्ध लगाउने प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णयका लागि व्यापक आलोचनाको सामना गर्नुपरेको थियो ।

    प्रतिबन्ध लगाउँदै अष्ट्रेलियाली सरकारले भारतबाट अष्ट्रेलिया फिर्ता हुने मानिसहरु जेलसमेत जानुपर्ने सम्भावना रहेको बताएको थियो । त्यसपछि यस्तो सजायको कुरा गरेका कारण मानिसहरुको रिस बढ्दै गएको देखेपछि यो हप्ताको सुरुवातमा मरिसनले जेल पठाउने सम्भावना निकै कम भएको बताएका थिए ।

    शुक्रबार अष्ट्रेलियाली सरकारले भारतमा फसेका ९ सय असुरक्षित मानिसहरुलाई फिर्ता गर्नका लागि मेको मध्यमा तीन फ्लाइट चलाउने घोषणा गरेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images