बुटवलमा एक जनप्रतिनिधिको अस्पतालको शय्या नपाएर एम्बुलेन्समै मृत्यु
  • CIA Khabar

  • बुटवल । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।

    नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

    तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो ।
    समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताए ।

    उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा-गर्दै एम्बुलेन्समा सास गएको बताए ।

    यसअघि,बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images