एमालेका कार्यकर्ता ‘नेता मुखी नभई जनता मुखी’ हुनुपर्छः मन्त्री थापा
  • CIA Khabar

  • हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले एमालेका कार्यकर्ता अनुशासित तथा मर्यादित हुनुपर्नेमा जोड दिँदै कार्यकर्ता नेतामूखी नभई जनतामूखी हुनुपर्नेमा जोड दिनुभएको छ ।

    आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले उक्त कुरामा जोड दिनुभयो । गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको उहाँले दावी गर्नुभयो ।

    नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत पार्टीका साझा उम्मेदवार डा। खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । नेपाल मजदूर किसान पार्टी ९नेमकिपा०का उम्मेदवार कृष्णबहादुर तामाङले देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images