प्रधानमन्त्री ओली र नेता विष्टबीच भेटवार्ता
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गर्नुभएको छ ।

    आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न नेता विष्ट प्रधानमन्त्री निवास वालुवाटार जानुभएको थियो । उहाँहरु बीच लामै समय कुराकानी भएको छ बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गर्नुभएको थियो । तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन । नेता विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गर्नुभएको थियो ।

    २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाउनुभएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images