टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु
  • CIA Khabar

  • उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

    धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका धरान(५ का १८ वर्षीय सुवास परियार उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

    टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images