माधवपक्षीय देवकोटा बने स्वतन्त्र उम्मेदवार : प्रस्तावक माओवादी, समर्थक कांग्रेस सांसद
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्तापछि एस एन एन नेपालसँग कुरा गर्दै उनले आफ्नो प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेसका जनप्रतिनिधि रहेको बताए । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।

    नेपाल पक्षका देवकोटाको उम्मेदवारी दर्तामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि सहभागी थिए ।

    देवकोटाको उम्मेदवारी मनोनयनका बेला एमालेको माधव नेपाल पक्षका नेताहरु नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेललगायत पनि आयोग कार्यालय पुगेका थिए ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images